काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका छन्।
कार्कीले सोमबार दिउँसो १ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएर राणा निलम्बनमा परेपछि कायममुकायमको जिम्मा कार्कीले पाएका छन् ।
गत कार्तिक ७ गतेपछि प्रधानन्यायाधीशसहितको फुलकोर्ट बैठक बस्न सकेको छैन ।




