समाचार

फागुन १६ गतेसम्म पारित नभए एमसीसी फिर्ता हुने सुमारको स्पष्टोक्ती

काठमाडौं । एमसिसी उपाध्यक्ष फातिमा सुमारले फागुन १६ सम्म सम्झौता संसदबाट पास नभए फिर्ता हुने स्पष्ट पारेकी छन् ।

भर्चुअल अन्तर्क्रियामा बोल्दै सुमारले नेपालमा एमसिसी कार्यान्वयनका लागि आगामी ३ हप्ता निकै महत्वपूर्ण रहेको बताइन् ।

उनले एमसीसी पारित गर्ने समयसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय सक्न थप्न नसकिने बताइन् ।

एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने स्पष्ट पार्दै उनले सुमारले समयसीमा थप्ने विषयलाई पुष्टि गर्न नसकिने बताउदै आगामी मार्च महिनामा अमेरिकी विदेशमन्त्रीले नेतृत्व गर्ने एमसीसी बोर्डको बस्न लागेको र बैठकअघि नेपालले अनुमोदन नगरेमा फिर्ता हुने स्पष्ट पारेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *