समाचार

श्रद्धार्पण गर्ने अवसर मिलाएकामा राष्ट्रपतिद्वारा धन्यवाद

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गरेका थिए ।

उनले त्यसअवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक क्षेत्रमा निर्माण भएका संरचनाहरुको अवलोकन पनि गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *