राजनीति

केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?

काठमाडौं । नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् ।

पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।

ओली गृहजिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् ।

गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।

झापाको सह इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *