राजनीति

सहमहामन्त्रीमा उमाकान्तले बढाए मतान्तर

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत थारू तर्फका सहमहामन्त्रीमा उमाकान्त चौधरीले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

सभापति शेरबहादुर देउवा प्यानलका उमाकान्तले तीन हजार ३५ मतगणना गर्दा १६७७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका शेखर कोइराला प्यानलका उम्मेदवार तेलुलाल चौधरीले १३३५ मत ल्याएका छन् ।

कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *