काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पिछडिएका क्षेत्रमा सहमहामन्त्रीमा शेखर कोइराला समूहका बद्री पाण्डेले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार जीवनबहादुर शाहीलाई पछि पारेका हुन् । १ हजार ६११ मतगणना गर्दा पाण्डेले ७९४ मत प्राप्त गरेका छन् भने अर्का शाहीले ७२९ मत मात्र ल्याएका छन् ।




