काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीमध्ये थारु क्लस्टरमा संस्थापन पक्षका उमाकान्त चौधरीले अग्रता लिएका छन् ।
१ हजार मत गणनामा उमाकान्तले ५४२ मत प्राप्त गर्दा संस्थापनइतर पक्षका तेलुलाल चौधरीले ४४२ मत पाएका छन् ।
यसअघि कांग्रेसका ८ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।




