काठमाडौं।नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित एउटा व्यक्तिको मात्र विजय नभई पार्टी रूपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।
‘यो कुनै व्यक्तिको जित होइन, गुटको विजय पनि होइन । सिङ्गो नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले सुरुआत गर्ने यात्राको प्रारम्भ हो,’ जितपछि सानेपास्थित पार्टी कार्यालय पुगेका उनले भने, ‘फरकफरक विचार समूहमा रहेका सबै साथीहरूको मत प्राप्त गरेर जित्नु भनेको सिङगो काङग्रेसलाई सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भनेजस्तै भावनामा गाँस्नु हो ।’
भर्खरै सम्पन्न मतगणनामा उनी खसेको ४६७९ मतमध्ये १९८४ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन् । उनीसहित गगन थापा ३०२३ मत ल्याएर महामन्त्रीमा विजयी भए ।




