काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।बुधबार तुल्सीलाल अमात्य प्रतिष्ठान भवन च्यासलमा आयोजित कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यहरुले सपथग्रहण गरेका हुन् ।
मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दाेस्राे पूर्ण वैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो । एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्न पाइने व्यवस्था छ ।
केन्द्रीय सदस्यमा मनोनीत हुने सदस्यहरूमा दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज वास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी, इन्द्रिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की छन् ।




