काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय संसदका दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो । यस्तै, पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरिएको एक नेताले जानकारी दिए ।
मंगलबार दुवै सदनको बैठक आह्वान गरिएको छ ।




