राजनीति

केन्द्रीय सदस्यमा सुनिल थापाको उम्मेदवारी

काठमाडौं ।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि धमाधम उम्मेदवारी मनोनयनको काम भइरहेको छ । आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो ।

यस्तैमा, नेपाली काङ्ग्रेसका सहमहामन्त्री सुनिल थापाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । शनिबार राष्ट्रियसभा गृहमा पुगेर नेता थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले पदभन्दा पनि पार्टीभित्र रहेर काम गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । राप्रपाका पूर्वमहामन्त्री थापा काङ्ग्रेस प्रवेश गरेपछि सहमहामन्त्री बनेका थिए ।

शनिबार नेताहरूले पार्टी नेतृत्वका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । पार्टी सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासहित शीर्ष आधा दर्जन नेताले दाबी गर्दै आएका छन् ।

काङ्ग्रेस समितिले मनोनयन दर्ताका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी–विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *