काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले केन्द्रीय कार्य समिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
राणा डडेल्धुराबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । उनी २०७४ सालको आम निर्वाचनमा कैलाली ५ बाट प्रतिस्पर्धा गरेर एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् ।




