काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ थाल्ने भएका छन् ।
न्यायाधीशहरूको निर्णयलाई सहयोग गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटामात्रै इजलास गठन गरेका छन् ।
एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भएपनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास गठन गरेका हुन् ।
१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ । तर, आज प्रधानन्यायाधीश जबराले आफ्ना लागि एकल इजलास तोकेका छैनन् ।




