समाचार

बारमा अधिवक्ताबीच हानाहान

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।

बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *