समाचार

बार सल्लाहकार समितिले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ ।

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए ।

३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पु¥याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ ।

सर्वाेच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *