समाचार

फुलकोर्ट बहिस्कार गरेका न्यायाधीशहरूको बैठक जारी

काठमाडौं । सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक जारी छ ।

बैठक सोमबार बिहान ११ बजेदेखि बसिरहेको एक जना न्यायाधीशले जानकारी दिए । सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एक जना मुलुक बाहिर र चार जना उपत्यका बाहिर छन् । १४ जना न्यायाधीशहरू छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुल कोर्ट बहिस्कारको निर्णय गरेका थिए । आजको बैठकले भावि रणनीतिबारे थप निर्णय लिनेछ । प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल वार एसोसियसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट डाकेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *