काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।
सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईँले स्टाटस लेख्दै उच्च ज्वरो कम नभएपछि अस्पताल भर्ना गरिएको जनाएका छन् ।
विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको गुरागाईँले जनाएका छन् ।





