काठमाडौैं । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन् ।
एमाले विभाजन भएपछि अल्पमतमा परेकी शाक्यले विश्वासको मत लिने प्रयोजनकै लागि बाग्मती प्रदेश सरकारले प्रदेश सभाको नवौं अधिवेशन असोज २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको प्रदेश सरकारको बैठकले असोज २४ गते दिनको ३ बजेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
असाज २५ गतेभित्रै विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारणले मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिन लागेकी हुन् । शाक्य नेतृत्वको सरकार जोगाउन ५५ जना सांसद आवश्यक पर्ने भएपनि एमालेका भने ४३ जना मात्रै सांसद रहेका छन् ।
बाग्मती प्रदेशसभा १ सय ९ सदस्यीय रहेको छ । विपक्षी गठबन्धनमा भने जसमा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।




