राजनीति

काँग्रेस निलकण्ठ नगर सभापतिमा ठकुरी विजयी

काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिकास्थित नेपाली काँग्रेसको नगर सभापति पदमा शम्भुराजसिंह ठकुरी विजयी भएका छन्।

हिजो (आइतबार) भएको मतगणना अनुसार २५४ मतसहित उनी सभापति निर्वाचित भएका हुन्।

सभापतिका अर्का उम्मेदवार ध्रुवप्रसाद रिजालले जम्मा २२० मत मात्रै ल्याएको काङ्ग्रेसले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *