राजनीति

एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयाे

काठमाडौं । नेकपा एमालेमा अब १५ आयोग रहने भएको छ । गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो ।

आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *