समाचार

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेयसोलो न्यान्तिबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

विहिबार भएको भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *