काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई पंगु बनाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै ओलीलाई संसदसँग घिन लाग्ने बताउदै प्रधानमन्त्री हुदा पनि उनले संसदलाई बेवास्ता गरेको बताए ।
थापाले भने- ‘ओलीलाई संसदसँग घिन लाग्छ । उहाँलाई संसद देख्ने हुदैन । प्रधानमन्त्री बनेपछि संसदलाई बेवास्ता गर्नु भयो । पटक पटक संसद विघटन गर्नु भयो । अहिले विपक्षि दल हुदा संसदलाई पंगु बनाउनु भएको छ ।’
अहिले एमालेले उठाएको विषय सभामुखले पुरा गर्न नसक्ने ओलीलाई राम्रोसँग थाहा भएको बताउदै नेता थापाले सर्वोच्चमा मुद्धा दर्ता भएको विषयमा संसदमा प्रवेश गर्न नसक्ने बताए ।
उनले व्यक्तिगत रुपमा ओलीलाई संसदसँग घृणा रहेको आफुलाई लागेको भएपनि अहिले सिंगो एमालेलाई संसदप्रति घृणा रहेको बताउन बाध्य भएको टिप्पणी गरे ।




