जनकपुरधाम। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ७ अंकार टोल निवासी आफ्नै मेयरका विकास बिरोधि क्रियाकलापका कारण खिन्न भएका छन। अंकार जलेश्वर नपाका एक घना वस्तीको रूपमा चिनिन्छ । शिक्षित र आधुनिक विचारधारा र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्नेहरूको गाउँ अंकार अहिले लैण्डलौक्ड भएछ। गाउँको चारैतिर बाटो भए पनि वर्षा ,पानी ,हिलोका कारण आवतजावत बिरवलको जाउलो सावित भएको स्थानीयहरू बताउँछन्। पैदल हिडन जहाँ अप्ठेरो छ भने दुई र चार चक्का आवतजावत बन्द नै भएको छ।
सास्ती खेप्दैछन अंकारका सर्वसाधारण। हिलाम्मे अवस्थामा बाँच्न बाध्य भएका उक्त टोलवासी बथनाहा, हलखोरी, चकबा हुँदै जलेश्वर सम्सी हुलाकी सडक जोडने मुख्य सडकमै खाल्डो बन्दा सडक माथि बाटै पानी बग्दा त्यस क्षेत्रका वासीहरू ठुलै समस्यामा पर्नुका साथै लामो दुरी तय गर्न पर्ने बाध्य भएको छ। केही दिनको अविरल वर्षाका कारण पानीको समुचित निकास नहुँदा अंकार हालमा टापुमा परिणत भएको छ। बखरी, महादेवपट्टी, बेला र अंकारको सम्पूर्ण एरिया जलमग्न भएको छ।
बिगत चारवर्षे कार्यकालमा उक्त गाउँमा सडक निर्माण तथा मर्मतसम्भार सम्बन्धि काममा जनप्रतिनिधिहरू ले चासो नदेखाएको कारण यस्तो अवस्था भएको स्थानीय जितेन्द्र यादवको भनाइ रहेको छ। नगर क्षेत्रको बाटोमा आवतजावत गर्नै नसकिने अवस्था हुँदाहुँदै पनि स्थानीय जनप्रतिनिधि कनमा गुजो हालेर बसेका छन। जलेश्वरका जनप्रतिनिधिका सोता व्यबहारका कारण हामी टापुमा बस्न बाध्य हुनुपरेको बताउँछन् स्थानीयहरू। त्यतीमात्र कहाँ हो र अंकार जान एक किलोमिटर परै आफ्ना सवारी छोडनु पर्ने हुन्छ। वडाध्यक्ष देखि लिएर मेयरसम्मले सुन्दैनन हामी के गर्ने ?
उक्त वडाका वडाध्यक्ष रामछविला यादवले गाउँवासीको गुनासो जाएज भएको स्वीकार गर्दै आर्थिक वर्ष २०७८/०७९ को योजनामा उस वडाका सडकहरू निर्माणका योजना पारित गराएको बताए। विकासको नाउँमा जहाँ यत्र, तत्र, सर्वत्र व्रम्हमलुट मचेको छ त्यस्तो अवस्थामा विकासबाट हामी टाढिएका छौँ वा नियतवस टाढिएको छ। मेयर रामशंकर मिश्रको असहयोगकै कारण यश गाउँको विकास सम्बन्धि कुनैपनि कार्य जसमा मूलरूपमा सडक हो हुन सकेको छैन र ढिलो हुनुको मुख्य कारकतत्व मेयर नै रहेको आरोप वडाध्यक्ष यादवले लगाए।
त्यतिमात्र नभई वडाको दैनिक कामकारबाहीमा समेत मेयरले अवरोध गर्दै आएको जानकारी गराए। वडा कार्यालयमा दुई/ दुई महिनासम्म सचिव आउदैन। परिषद देखि बैठकसमैतमा आवाज उठाउँदा समेत कुनै सुनुवाइ आजसम्म भएको छैन। मँ माओवादी र मेयर मधेस वादी पार्टीबाट भएको कारणले गर्दा हो, मेयरले हेला गरेको। अर्कोतिर मेयर मिश्रको प्रतिक्रिया बुझ्दा अंकारको समस्या बुझ्न खोज्दा वडाध्यक्ष सम्पर्कमा नआएको धारणा राखे।




