चौतारा । अग्नि पीडित दुवाचौरका बाबुराम गोलेलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सहयोग उपलब्ध गराएका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ दुवाचौरको लाभगाउँमा गत बुधबार गोलेको घर जलेर नष्ट भएको थियो । आगलागीमा मानवीय क्षति हुन पाए, तर घरमा रहेको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको थियो ।
आगोले गोलेको घर पूर्णरुपमा क्षति भएकाले उनलाई तत्कालका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका थिए । घरसहित लत्ताकपडा, खाद्यान्न नष्ट भएको देखियो, नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख तथा नेपाली कांग्रेस विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका बस्नेतले गोलेलाई नगदसहित खाद्यान्न, लत्ताकपडा, एक सेट भाँडाकुडा उपलब्ध गराएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै नेता बस्नेतले घर बनाउनेदेखि अन्य थप सहयोग उपलब्ध गराउने आश्वासन पीडित गोलेलाई दिए ।

नेता बस्नेतबाट सहयोग प्राप्त भएपछि पीडित गोलेले आफूलाई साहारा मिलेको बताए । भएको सम्पत्ति जलेर खरानी भयो, गोलेले भने, ‘नेता बस्नेतबाट सहयोग प्राप्त भएपछि एक दिनका लागि ढुक्क भइयो । यस्ता सहयोगीबाट आफूलाई पुनस्र्थापित हुन थप हौसला मिलेको बताए ।
सिन्धुपाल्चोक जिल्लामा नेता बस्नेतले बाढीपीडित, कोराना संक्रमण, स्वास्थ्य सेवालगायतको धेरै सहयोग उपलब्ध गराउँदै आएका छन् ।




