काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जेबी टुहुरेको निधनले आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गैदै प्रधानमन्त्री देउवाले टुहुरेकाे निधनले स्तब्ध भएकाे बताएका हुन्।
उनले दिवंगत टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना गरेका छन्।
‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ देउवाले ट्वीटमा भन्नुभएकाे छ ।




