विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो।
उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०:३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।




