काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काङ्ग्रेस केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिका संयोजक एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले तुईन काटिदिएर महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई नगद रकम उपलब्ध गराएका छन् ।
व्यास गाउँपालिकाकाका अध्यक्ष दिलिप सिं बुढाथोकी मार्फत नेपाली कांङ्ग्रेस केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय ससमितिको तर्फबाट २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।
दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं २ निवासी जय सिं धामीको गत श्रावण १५ गते कसैले तुईन काटिदिएका कारणले महाकाली नदीमा बेपत्ता भएका हुन् । बेपत्ता धामीको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।




