मुख्य समाचार

केपी ओलीले वार्ताका नाममा धोका र बेइमानपुर्ण काम गरिरहेका छन्– माधवकुमार नेपाल

काठमाडौं । प्रस्तावित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले वार्ता र सहमतिका नाममा धोका दिइरहेको टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत अपील जारी गर्दै अध्यक्ष नेपालले वार्ता र सहमति भन्ने समाचार नै भ्रमपुर्ण रहेको र नयाँ दल गठनको काममा लाग्न कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनले लेखेका छन्,‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सककस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् । अतः यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

अध्यक्ष नेपालले आफ्नो समुहमा रहेका सांसदहरुसँगै केन्द्रीय सदस्यहरुलाई चन्दागिरीमा रहेको रिसोर्टमा लगेका छन् । पार्टीको विधान, नियमावली लगाएतका बारेमा छलफल गर्न भन्दै अध्यक्ष नेपाल समुहका सबै नेताहरु एकठाउँमा भेला भएका हुन् । उनीहरु निर्वाचन आयोगमा सनाखतका लागि बुधबार मात्रै काठमाडौं आउने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *