देश

लुम्बिनी सरकार टिक्ने कि ढल्ने, न्यायाधीश भट्टराईको इजलासमा निर्भर

काठमाडौं । लुम्बिनी प्रदेश सरकार टिक्ने कि ढल्ने भन्ने निर्धारण न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने भएको हो ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ ।

न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ । प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

केही बेर अघि सम्पन्न लुम्बिनी एमाले संसदीय दलको बैठकले अदालतको आदेश कुर्ने निर्णय गरेको छ । साढे १२ बजेसम्म अदालतको आदेश नआएमा मुख्यमन्त्री पोखरेललाई राजीनामा दिने कि अविश्वास प्रस्ताव फेस गर्ने भन्ने निर्णय लिने अधिकार दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *