काडमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड-१९ को प्रभाव, असर र रोकथामका लागि भैरहेका कामहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो कार्यक्रम हो ।उनले स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो छलफल गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।




