समाचार

कांग्रेस नेता प्रदीप पौडेल भन्छन्– नभएको इज्जत जोगाउन यथार्थ छल्ने ओली शैलीले कहीँ पु-याउँदैन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तत्काल संसद्को गणित नहेरी जीवनका लागि लड्न आग्रह गरेका छन् ।

अक्सिजन नपाएर जनता भटाभट मर्न थालेपछि नेता पौडेलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत को–कसको क्षमता कति छ, पछि हिसाब गर्दै अहिले भने नागरिकको ज्यान बचाउन लाग्नुपर्ने जनाएका हुन् ।

उनले नभएको इज्जत जोगाउने ओली शैलीले देशलाई कहीँ नपु¥याउने भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अनुरोध गर्न पनि सल्लाह दिएका छन् । उनले लेखेका छन्– को–कसको क्षमता कति छ हिसाब गर्दै गरौला । अहिले जीवनका लागि लडौ । नागरिकको जीवनभन्दा ठूलो संसदको गणित होइन । नभएको इज्जत जोगाउन यथार्थ छल्ने ओली शैलीले कहीँ पुर्याउँदैन । आफ्नो यथार्थ स्वीकारौ अन्तर्राष्ट्रिय सहयोगको लागी अनुरोध गरौं । कोरोना विश्वको साझा लडाइँ हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *