काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु भएको छ। उपचारका क्रममा उनको बुधवार ५ बजे मृत्यु भएको हो ।
ललितपुर इमाडोलमा बस्दै आएका श्रेष्ठको केही दिनदेखि शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको थियो । ५५ वर्षीय श्रेष्ठ सुगरका रोगी पनि रहेको पारिवारिक स्रोतले जनाएको छ ।




