देश

बाबुराम भट्टराईको न्युरो इन्डोक्राइम ट्युमरको शल्यक्रिया आज

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आज न्युरो इन्डोक्राइम ट्युमरको अपरेसन गरिँदैछ।

अपरेसन गर्नु २४ घन्टाअघि नै उनलाई बिहीबार वीर अस्पताल भर्ना गरिएको थियो । अपरेसन हुनुअघि भट्टराई र श्रीमती हिसिला यमीले खिचाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।

लामो समयदेखि बढेको न्युरो इन्डोक्राइम ट्युमरका कारण बाबुराम अस्वस्थ रहँदै आएका थिए । उनको नयाँ दिल्लीस्थित अस्पतालमा क्यान्सर भए नभएको परीक्षणपछि नेपालमै अपरेसन गरिन लागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *