मुख्य समाचार

उपत्यका प्रवेश गर्नेले क्वारेन्टिन र होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । निषेधाज्ञा अवधीभर काठमाडौं आउने व्यत्तिले उक्त नियम पालना गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न उपत्यकाबाहिरबाट आउने व्यक्तिको हकमा यस्तो नियम लागु गरेका हुन् ।

उपत्यका कोरोनाभाइरसको हटस्पट बनेपछि तीनै जिल्लाका प्रशासनले यस्तो निर्णय गरेका हुन् । काठमाडौंमा सोमबार एकैदिनमा १५ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *