समाचार

ओलीविरुद्ध समाचार लेखेको भन्दै उज्यालो नेटवर्कमा प्रहरी हस्तक्षेप, पत्रकार कर्मचारी नियन्त्रणमा

काठमाडौं । प्रहरीले अनलाइन न्युज पोर्टल उज्यालो नेटवर्कमा हस्तक्षेप गरेको छ । आइतबार दिउँसो प्रहरीको एक टोली उज्यालो नेटवर्कको कार्यालय पुगी त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

केही समयअघि प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच बालुवाटारमा मध्यरातमा चारबँुदे सहमति भएको भन्दै सो अनलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशन गरेको भन्दै प्रहरीले उज्यालोका पत्रकारलाई खोजी गरिरहेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव पौडेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीलगायतले प्रहरी हस्तक्षेपको विरोध गरेका छन् ।

उज्यालो नेटवर्कका बुद्ध लोप्चनले प्रहरीले कम्प्युटर, मोबाइल, क्यामेरालगायतका सञ्चार सामग्री जफत भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–
प्रेस काउन्सिलमार्फत निरुपण भैसकेको विषय र सम्मानित उच्च अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश जारी भैसकेको अवस्थामा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले आएको छ । हाम्रा कार्यालयका साथीहरूलाई नियन्त्रणमा लिनुका साथै क्यामेरा, मोबाइल, कम्प्युटरसहित सन्चार सामग्री जफत गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु । आम श्रमजीवी पत्रकारहरूसहित न्यायप्रेमी जनसमुदायलाई खड्ग ओलीको अत्याचारविरुद्व उठ्न विशेष अपिल गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *