काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै आजदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो ।
कोभिडको संक्रमण नेपालमा समेत बढ्दै गएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम आजबाट अर्को व्यवस्था नभएकोसम्मका लागि भगवान् मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउनेगरी व्यवस्था मिलाइएको छ ।
यसैगरी, गोरखाको मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनासम्मका लागि बन्द गरिएको छ । यस्तै, दोलखाको भिमेश्वर मन्दिरमा पनि नित्य पूजावाहेकका अन्य काम वन्द गरिएको छ ।




