समाचार

जेठ १३ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो सातादेखि सञ्चालन हुने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठ १३ देखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो । मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए ।

कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ । शिक्षा नीतिमा कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ । तर, कानुन नबनेकाले राष्ट्रष्यि परीक्षा बोर्डले परीक्षा लिन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *