समाचार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ३५ घर जलेर नष्ट घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । मेरिङदो गाउँपालिका वडा नम्बर ३ स्थित बजारमा करिब एक घन्टादेखि आगो लागिरहेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बालरनसिंह राणाकाअनुसार अहिलेसम्म झण्डै ३५घर जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारीले बताइन् । उनकाअनुसर आगो निभाउन दमकल परिचालन गरिएको छ ।

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार सदरमुकाम फुङलिङदेखि डेढ घन्टा टाढा पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *