काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पेटमा देखिएको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।
भारतको नयाँ दिल्लीस्थित अस्पतालमा बायोप्सी, डोटा नोक परीक्षण, अल्ट्रासाउन्ड र पेट स्क्यानसहित अन्य परीक्षण गर्दा उनको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका हुन् । चिकित्सकले ट्युमरलाई दुई तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव दिएको बाबुरामका प्रेस सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले प्रो.डा. विक्रम भाटियासँग परामर्श लिएका थिए ।




