काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । ६६ वर्षीय रानाभाटको उपचारका क्रममा सोमबार निधन भएको हो ।
चितवनका रानाभाट जिल्लामा लोकप्रिय मानिन्थे । सादगी र निष्ठावान कांग्रेस नेतामा उनको नाम पनि आउँथ्यो ।
नेपाली कांग्रेसले रानाभाटको निधनबाट एक निष्ठावान नेता गुमाएको उल्लेख गरेको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले सोमबार विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।




