समाचार

३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै सरुवा हुने

काठमाडौं । सरकारले १६ जना सहसचिवको सरुवा गरेको एक दिनपछि ३५ जनाभन्दा बढी सहसचिव सरुवा गर्दैछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मङ्गलवार सरुवा निर्णय गर्न लागेको हो ।

एक महिनाभन्दा बढीको तयारीपछि हिजै मात्र सचिव सरुवा सार्वजनिक भएको थियो । सचिव सरुवा भएसँगै सहसचिवको सरुवा हुने चर्चा चलेको थियो ।

सचिव र सहसचिवको सरुवालाई धेरैले चुनावी तालमेलसँग जोडेर हेर्न थालेका छन् । ओली सरकारले मालदार ठाउँमा आफू अनुकूलको सचिव र सहसचिव फिट गर्ने तयारी गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *