समाचार

श्रीलंका र नेपालमा बीजेपी खोल्नुपर्छ भन्ने अमित शाहमाथि खनियो भारतीय कंग्रेस

काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्ति विवादमा परेको छ । उनको सो अभिव्यक्तिको भारतभित्रै विरोध भएको छ ।

त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहको भनाइ उद्धृत गर्दै नेपाल र श्रीलंकामा बीजेपीको संगठनसहित ती देशमा पनि सरकार विस्तार गर्नुपर्छ भनेर भारतीय मिडियामा अन्तर्वार्ता दिएका थिए । भारतीय स्वयंसेवक दल (आरएसएस) ले आफ्ना निकट छिमेकी देशमा पनि संगठन विस्तार गर्न भन्दै गतिविधि अगाडि बढाइरहेको छ । बीजेपी आरएसएसको एक भ्रातृसंस्था हो ।

भारतीय कांग्रेसले ट्वीटर ह्यान्डलमार्फत गृहमन्त्री शाहको अभिव्यक्तिको विरोध गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाएको छ । ‘तपाइँ (बीजेपी) केवल मूर्ख बन्न सक्नुहुन्छ । यस्तै अभिव्यक्तिको कारण आज छिमेकी मुलुकसँग भारतको सम्बन्ध बिग्रिएको,’ कांग्रेसले भनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *