काठमाडौं । नेपाली कांग्रेसका सांसद दीव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ।
राजभण्डारीकी आमा टंककुमारी राजभण्डारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो । ९० वर्षीया टंककुमारी केही समयदेखि अस्वस्थ थिइन् । स्वर्गीय टंककुमारीको आइतवार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
समाजसेवामा सक्रिय टंककुमारी द्वाल्खा गुठीका पूर्वअध्यक्ष थिइन् । द्वाल्खा गुठी दोलखाका नेवार समुदायको प्रभावशाली गुठी मानिन्छ । टंककुमारीका दुई छोराहरु दीव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र छोरीहरु उषामिलन कक्षपति, मुन्ना लाकौल, उदया राजभण्डारी छन् ।




