समाचार

काठमाडौंमा आज वर्षकै चिसो महसुस, तापक्रम १.६ डिग्री

काठमाडौं। काठमाडौंमा आज वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ। यो यस वर्षकै कम तापक्रम हो।

विभागका अनुसार आजको अधिकतम तापक्रम भने १८.३ डिग्री सेल्सियस रहेको छ। यस्तै, दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ।

आगामी २४ घण्टाको अनुमानअनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले अनुरोध गरेको छ। कोरोना महामारीका कारण वर्षभरि नै चिसो हुने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *