काठमाडौं । कलाकार राजेश हमालदेखि करिब एक दर्जन कलाकार एउटै भिडियोमा देखिएको छन् । गायक खुमन अधिकारी र प्रीति आलेको लोक दोहोरी गीत ‘लकडाउनको दोहोरी’को भिडियो धेरै कलाकारको अभिनय देख्न सकिन्छ ।
माधव न्यौपानेको शब्द तथा खुमनकै संगीत रहेको गीतको भिडियोमा राजेश हमाल, कोमल वली, शंकर विसी, श्रृष्टि खड्का, खुमन अधिकारी, अन्जली अधिकारी, रीना थापा लगायत दजर्न बढी कलाकारको अभिनय समेटिएको छ ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोमा माधव न्यौपानेको कोरियोग्राफी छ ।




