मनोरञ्जन

के मलिनासँग छैन फिल्म !

काठमाडौं । मिस नेपालको उपाधि जितेपछि अभिनेत्रीको प्रस्ताव बाक्लै पुग्ने गर्छ । मलिना जोशीलाई पनि सन् २०११ मा मिस नेपाल भएपछि फिल्मको अफर लिएर थुप्रै निर्माता पुगेका थिए । फिल्म ‘ऋतु’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसयता आधा दर्जन बढी फिल्ममा अभिनय गरिन्, कुनैमा मुख्य अभिनेत्री त कुनैमा सहायक । तर, उनले सबै फिल्मबाट निराशा मात्र भोग्नुपर्‍यो ।

‘ऋतु’ पछि अभिनेत्री मलिना जोशीले ‘लिला’, ‘तिमी हुन्छौ जहाँ जहाँ’, ‘झुम्की’, ‘संरक्षण’, ‘द विनर’, ‘रानी’ लगायतका फिल्ममा काम गरिन् । तर, सबै फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन ।

उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ हो । यो फिल्म प्रदर्शनमा आएको वर्ष दिनभन्दा बढी भैसकेको छ । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको जानकारीमा छैन । फिल्ममा राम्रो माग हुँदा संख्यात्मक अभिनयमा जोड दिएका कारण अहिले उनी फिल्मविहीन हुनु परेको कतिपयको विश्लेषण छ । आजभोली उनी घुमघाममा समय विताउने गरेकी छन् ।

एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा अहिले मलिनालाई फिल्ममा लिएर जोखिम उठाउने पक्षमा निर्माता देखिएका छैनन् । फिल्मको असफलताले अझै दर्शकको ठूलो वर्गमा आफूलाई अभिनेत्रीको रुपमा चिनाउन नसकेकी उनलाई आजका दिनसम्म पनि आफूलाई मिस नेपालकै रुपमा चिनाउनु पर्ने बाध्यता छ । योभन्दा ठूलो पीडा मलिनाका लागि अरु के होला ?

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *