मनोरञ्जन

सनी रौनियारको नयाँ गीत ‘खुल्ला आकाश’

काठमाडौं’प्रेमपिण्ड’ चलचित्रकी अभिनेत्री सनी  रौनियार लामो समय पश्चात पुनः आफ्नो सुमधुर आवाजका साथ् ‘खुल्ला आकाश’ नामक गीत लिएर श्रोता /दर्शकहरु माझ आएकी छिन । सनीले आज भन्दा लगभग २४ बर्ष अगाडी ‘सनी’ नामक गीति अल्बम लिएर आएकी थिईन  ,उक्त अल्बम श्रोताहरुले औधि रुचाएका थिए तथा सोहि समयमा सनी चलचित्रहरु, ‘प्रेमपिण्ड’,’सडक’,’सिता’ र ‘दैबसंजोग’ आदि र केहि टेलिभिजनका प्रोजेक्टमा व्यस्त रहेकी थिईन।

अहिले फेरी सनी  नयाँ  गीत ‘खुल्ला आकाश ‘ लिएर आएकी छिन । ‘खुल्ला आकाश’ को लागि बिजय शिवाकोटीले शब्द कोरेका छन् भने बरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् । गीतका लागि अरेंजर गोपाल रसाईली रहेका छन् भने किशोर थापाले गीतको मिक्सिंग र मास्टरिङ्ग गरेका छन् ।

सनीको गीत ‘खुल्ला आकाश’ को भिडियोको निर्देशन बरिष्ठ संचारकर्मी /निर्देशक भुषण दाहालले गरेका छन् ।छायाँकन       जीवन रिजालले गरेका छन् भने भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । दर्शकहरुको लागि गीतको भिडियोलाई ‘ओ यस आर डिजिटल ‘को युट्युब च्यानलबाट अपलोड गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *