मनोरञ्जन

फिल्म ‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन

काठमाडौं । यो बर्षको हिट फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ फिल्म ‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेन भित्र्याएका छन् । फिल्म ‘२ नम्बरी’मा मुख्य अभिनेत्रीको रुपमा उनलेछोदेन भित्र्याएक हुन् ।

बिहिबार आयोजित एक कार्यक्रममा निर्माण युनिटले अभिनेत्रीको रुपमा फिल्म ‘२ नम्बरी’छोदेन भित्रिएको जानकारी गराएको हो । फागुन २८ गतेबाट छायांकनमा जान लागेको फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ ।
कार्यक्रममा अभिनेत्री छोदेनले नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी फिल्म प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको उनको भनाई छ ।

अभिनेता दयाहाङले उगेनसँग स्क्रिन साझेदार गर्न आफू उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ ।

रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेको फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *