मनोरञ्जन

क्यान्सर अस्पताल बनाउदै स्वेता

काठमाडौं । अभिनेत्री स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन् । क्यान्सरको कारण पति अभिनेता श्रीकृष्ण श्रेष्ठ गुमाएकी स्वेताले सर्वसाधारणलाई क्यान्सर उपचारमा सहयोग पुग्ने हेतुले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पताल बनाउन लागेकी हुन् ।

सोमाबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको अस्पताल केही बर्षभित्र निर्माण हुनेछ ।

कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफुले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै अस्पताल निर्माण गर्न लागेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *