काठमाडौं।चर्चित नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी अभियोगमा उजुरी दर्ता भएकाे छ । अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीले फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि फिल्म नखेलेर ठगी गरेको आराेपमा उजुरी परेको हो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका हुन ।
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।




